म्यानचेस्टर युनाइटेडलाई काराबाओ कप फुटबलको उपाधि

काठमाडौं । म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । युनाइटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको हो ।

युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि जितेको हो । वेम्बलीमा गएराति न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडका लागि खेलको ३३औँ मिनेटमा कासिमिरोले गोल गरे भने ३९औँ मिनेटमा मार्कस रास्फोर्डले गोल गरे । म्यानचेस्टर युनाइटेडले एरिक टेन हानको नेतृत्वमा सन् २०१७ पछि पहिलो पटक उपाधि जितेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *