प्रधानमन्त्रीको कतार भ्रमण स्थगित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण स्थगित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्रीको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

प्रधानमन्त्री अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन आगामी शुक्रबार कतार जाने तय भएको थियो ।

प्रधानमन्त्रीले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका छन् । परराष्ट्रमन्त्री पौड्याल आइतबार मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा तयारीमा थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *