दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् फागुन १५ गते सोमबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ फागुन १५ गते तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी २७ तारीख सोमबार । फागुन शुक्ल पक्ष अष्टमी तिथि कृत्तिका नक्षत्र पश्चात रोहिणी नक्षत्र वैधृति योग भद्रा करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु अष्टमीव्रत गोरखकालीपूजा चिरोत्थान होलीकारम्भ चिरस्वाय (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रियजनको स्वास्थ्यमा सामान्य खराबी आउनाले मानसिक समस्या आइपर्न सक्नेछ । वाणिमा मधुरता छाउनाले कुल कुटुम्बहरूको साथ सहयोगमा वृद्धि हुने योग रहेको छ । नयाँ लगानीका क्षेत्रमा विशेष सजग रहनु पर्ने समय रहेको छ । यात्रामा सजग रहनुहोला । वादविवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापार व्यवसायको निम्ति तथा नयाँ लगानीका लागि राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोगद्वारा गरिरहेको काममा विशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउला । भौतिक स्राेतसाधनको प्रयोगले मन प्रशन्न रहला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ने छ । मेहेनत अनुरूपको फल प्राप्ति नहुनाले दिन निराशापूर्ण ब्यतित हुनेछ । सामान्य यात्राको सम्भाबना रहेको छ । खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । अरूको छिटो विश्वास गर्ने बानीका कारण तपाईँलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहने छ । मनोरञ्जनका क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईँको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । प्रतिपक्षीहरू सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परोपकारका क्षेत्रमा धेरै समय र परिश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरणबाट विशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताले सताउँला । पारिवारिक साथ सहयोगबाट काममा विशेष फाइदा हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेको छ । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाईँलाई कार्य क्षेत्रमा सहज हुनेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ । दाजुभाइ तथा मित्रजनको साथ सहयोगमा गरिएका कार्यमा विशेष फाइदा पुग्नेछ ।

तुला राशि – र, रि, रू, रे, रो, ता, ति, तु, ते
कार्य सम्पादनमा अरूको दबाबको अनुभब हुन सक्ने छ । स्वास्थ्यमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेरजस्ता कार्यक्रममा सहभागीताको योग रहेको छ । सभासम्मेलनमा सहभागीताको समय रहेको छ । तपाईँको कार्यको फल अरूलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यापार व्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवन साथीको सहयोगमा गरिएका कार्यहरूमा सफलता हात लाग्ने छन् । अध्ययन अध्यापनमा लगाइएको समय महत्त्वपूर्ण रहने छ । शीप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहने छन् । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अपरिचित व्यक्तिहरूको विश्वास गर्नाले षड्यन्त्रमा फसिएला, सजग रहनुपर्ने समय रहेको छ । शत्रु सबल रहने छन् । मानसम्मानमा आँच आउनसक्ने सम्भाबना रहेकोले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ने छ । यात्रा खर्चदायक रहन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहने छ । सानो प्रयासले व्यक्तित्व विकासमा निकै टेवा पुर्याउनेछ । आम्दानी मध्यम रहने छ । वाैद्धिक व्यक्तित्वहरूको अनुशरण दीर्घकालीन फाइदाका स्राेत बन्ने छन् । आफूभन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाइदा मुलक साबित हुने छन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
भौतिक स्राेत साधनको प्रयोगमा समय व्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मान्यजनहरूको साथ सहयोगमा जटिल कार्यहरू सम्पादित रहने छन् । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजनसँगकाे भेटघाटले मन प्रशन्न रहला । अध्ययन अध्यापन मध्यम रहने छ । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ । बल पराक्रममा वृद्धि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *