सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आइतबार बहस नसकिएपछि मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने भन्दै सन्दीपले दायर गरेको निवेदन र उनीविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावलोकन निवेदनको संयुक्त सुनुवाइ आइतबार भएको थियो । तर बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त बन्द इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो ।

पीडितको पक्षबाट दुई जना सरकारी वकिल तथा कानुन व्यवसायीहरुले बहस गरेका थिए। सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापाले बहस गरेका थिए। बाँकी वकिलहरुले सोमबार बहस गर्नेछन् ।

तर आइतबार समय अपुग भएकाले भोलि सोमबारलाई मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । किशोरीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि मुद्दाको पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *