नेप्सेमा सामान्य अंकको बृद्धि

काठमाडौं । शेयर बजारमा नेप्सेमा आइतबार सामान्य सुधार भएको छ । बजार खुलेको केही समयमा ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा बढेको हो ।

आइतबार शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ दशमलव १९ अङ्कमा पुगेको छ । आज लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ । सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधवार र बिहीवार लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । यस्तै आज होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर पनि उच्च अङ्कले बढेको छ ।

आज व्यापार, उत्पादन, बैंकिङ र जीवन बीमा समूहको शेयर भने दोहोरो अङ्कले घटेको छ । आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *