महन्थ ठाकुरलाई राष्ट्रपतिमा सघाउन देउवालाई लोसपाको आग्रह

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् ।

बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न लोसपाका नेताहरु देउवा निवास धुम्बाराही पुगेका हुन् । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ ।

ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेका हुन् । मंगलवार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरलाई राष्ट्रपतिमा अगाडि सार्ने निर्णय गर्दै प्रमुख दलका अध्यक्षलाई भेटेर सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार लोसपाले बुधबार नेपाली कांग्रेससँग छलफल गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *