प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनको विषयमा चासो

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा चीनको सक्रियता बढेको छ । बुधबार नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

चिनियाँ राजदूत सङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा राजदूत सङले राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका थिए ।

प्रधानमन्त्रीले दलहरूबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जवाफ दिएको बताइएको छ । यसअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आइ राजनीतिक भेटघाट गरेका थिए ।

क्वात्राले पनि राष्ट्रपतिकाबारेमा नेताहरुसँग चासो राखेको बताइएको छ । यस बीचमा अमेरिकी र युरोपेली उच्च अधिकारीहरूले पनि नेपालमा लगातार भ्रमण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *