यु-१९ विश्वकप एसिया छनोटको खेलतालिका सार्वजनिक

काठमाडौं । युएईमा हुने आईसीसी यु-१९ क्रिकेट विश्वकप अन्तर्गत एसिया छनोटको खेलतालिका सार्वजनिक भएको छ । आईसीसीले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले आफ्नो पहिलो खेल सिंगापुरसँग खेल्नेछ ।

पहिलो खेल फेब्रअरी २४ मा हुनेछ । नेपालले दोस्रो खेल २५ फेब्रअरीमा कुवेत, २७ फेब्रअरीमा हङकंङ, २८ फेब्रअरीमा मलेसिया र २ मार्चमा घरेलु टोली युएईसँग खेल्नेछ ।

छनोट खेल युएईको अजमानस्थित मालेक ग्राउण्ड र इडेन गार्डेन्समा फेब्रअरी २४ देखि मार्च २ सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *