ठाकुरबाबालाई खो–खोको उपाधि

भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ ।

स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित एक लाख ५० हजार पुरस्कार हात पारेको छ ।

प्रतियोगितामा कीर्तिपुर नगरपालिका दोस्रो हुँदै एक लाख तथा कैलालीको धनगढी उपमहानगरपालिकाले ५० हजारसहित तेस्रो स्थान हासिल गर्यो ।

सङ्घीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा विजयी टोलीका खेलाडीलाई पुरस्कार र ट्रफी प्रदान गरे ।

विभिन्न जिल्लाका १३ नगरपालिका सहभागी नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले पाँच हजार पुरस्कारसहित मायाको चिनो प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *