नापोलीको सहज जीत

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब नापोलीले सहज जीत निकालेको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा नापोलीले जर्मन क्लब इन्ट्राचट फ्रान्कफुर्टलाई २-० गोलले हराएको हो ।

डेउट्चे बैंक पार्कमा भएको खेलमा नापोलीलाई जीत दिलाउन भिक्टर ओसिम्हेन र गिओभान्नी डी लोरेन्जोले समान एक-एक गोल गरे । खेलको ४० औं मिनेटमा लोजानोको पासमा इसिम्हेनले गोल गर्दै नापोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । यसअघि ३६ औं मिनेटमा नापोलीका खाभिचा क्भाराटस्खेलिया पेनाल्टीमा चुकेका थिए ।

५८ औं मिनेटमा रान्डल कोलो मुआनी रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो । ६५ औं मिनेटमा लोरेन्जोले गोल गर्दै नापोलीको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नापोली २-० गोलले विजयी भयो ।

अब दुई टोलीबीचको दोस्रो लेग १५ मार्चमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *