भिनिसियस र बेन्जिमा चम्किदा लिभरपुलमाथि म्याड्रिडको शानदार जीत

एजेन्सी । फरवार्ड करिम बेन्जिमा र भिनिसियस जुनियर चम्केपछि साविक विजेता रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलमाथि शानदार जीत निकालेको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा लिभरपुललाई ५-२ गोलले हराउँदै म्याड्रिडले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

एनफिल्डमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन भिनिसियस र बेन्जिमाले दुई-दुई गोल गर्दा इडर मिलिटाओले एक गोल थपेका हुन् । लिभरपुलको लागि डार्विन नुनेज र मोहम्मद सलाहले एक-एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल पराजीत हुन बाध्य भयो । खेलको चौथो मिनेटमा सलाहको पासमा नुनेजले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । २१ औं मिनेटमा बेन्जिमाको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको स्थितिमा ल्याए । ३६ औं मिनेटमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई २-२ गोलको बराबरीमा ल्याए । ४७ औं मिनेटमा लुका मोड्रिकको क्रसमा मिलिटाओले गोल गर्दै म्याड्रिडलाई ३-२ गोलको अग्रता दिलाए ।

५५ औं मिनेटमा रोड्रीगोको पासमा बेन्जिमाले व्यक्तिगत गोल गर्दै म्याड्रिडलाई ४-२ गोलको अग्रता दिलाए । यस्तै ६७ औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई ५-२ गोलको जीत दिलाएका हुन् । अब दुई टोलीबीचको दोस्रो लेग मार्च १५ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *