दक्षिणकाली माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् फागुन १० गते आजको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन १० गते बुधबार तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी २२ तारीख । फागुन शुक्ल पक्ष द्वितीया तिथि पूर्वभाद्रपदा नक्षत्र साध्य योग कौलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा पद्य योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धाका क्षेत्रमा तपाईँको अब्बल स्थान प्राप्त रहने छ । परिवारका सदस्यहरूबाट टाढा भएको महसुश हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नुपर्ने छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । विश्वास गरिएका व्यक्तिहरू बाट धोका हुन सक्नेछ । अध्ययन अध्यापन मध्यम अवस्थामा रहने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यक्षेत्रमा पदोन्नतीको समय रहेको छ । पुराना लगानी उठाउन समयले विशेष साथ दिनेछ । अध्ययन अध्यापनका निम्ति समय उत्तम रहने छ । मित्रजनहरूसँगको भेटघाटमा समय व्यतित रहने छ । आर्थिक क्षेत्र सबल रहने छ । आफूभन्दा सानाको सहयोगले गरिएका कार्यहरु फाईदाजनक रहने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरे तापनि व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिने छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाइहरूको खराब संगतका कारण सामान्य अपजस आइपर्नेछ । साझेदारीमा गरिएका कामका क्षेत्रमा सामान्य झन्झट ब्यहाेर्नुपर्ला । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनु होला । अर्काको खुशीका लागि अनावश्यक समय र धन ब्यय गर्नुपर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अपरिपक्क कामका कारण सामान्य खर्च बढ्न सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । वाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा सुधार आउने छ । जीवन साथीको साथ सहयोगद्वारा आम्दानीकाे क्षेत्रमा मार्ग दर्शन मिल्ने छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहीले सामान्य झन्झट आइपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेस पुग्ने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिपक्षीहरु सबल रहनाले कार्यक्षेत्रमा साबधान रहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहने छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला, बोलीको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन् । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कार्यको थालनीलाई नयाँ योजनाको आवश्यक पर्नसक्ला । सामान्य चुनौति पश्चात आम्दानी राम्रो रहने छ । बाैद्धिक व्यक्तित्वहरूको साथ प्राप्त हुने छ । विद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । छाेटाे समयमा नै क्रोधको सिकार भइने सकिने छ, सजग रहनु होला । पारिवारिक समस्याले सताउन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिसँग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहने छ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुने छ । आयमुलक कार्यको थालनी हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरूबीचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परिवारमा बिताएको समय फाइदाजनक रहला । अध्ययन अध्यापनमा समय मध्यम रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ लगानीका क्षेत्रमा समय राम्रो छैन, सजग रहनु होला । वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोट पटकको सिकार भइन सक्छ, सजग रहनु होला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहीले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमतामा कमि आउनेछ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउने छ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ । अरुको कार्य सम्पादन म प्रेरणाको स्रोत बन्न सकिएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *