एमालेका कारण सत्ता गठबन्धन टुट्दैनः सचिव भट्टराई

दैलेख । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका कारण सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।

मंगलबार दैलेखमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले
सत्ता गठबन्धन टुटाउन एमालेले कुनै विजनेस नगर्ने बताएका हुन् ।

अस्थिर राजनीतिले कसैले फाइदा नगर्ने भन्दै सचिव भट्टराईले प्रधानमन्त्रीमा अस्थिरता देखिएको बताए ।

उनले भने, ‘एमालेका कारण कुनै हालतमा गठबन्धन टुट्दैन्, यो विजनेस एमालेले गर्दैन्। तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ।’

भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थनको कुरा नैतिक रुपमा पनि नमिल्ने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *