काठमाडौं । लेगस्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएपछि आईसीसी विश्वकप लिग दुई को त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध जारी खेलमा नेपालले पुनरागमन गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले स्कटल्याण्डका तीन ब्याट्सम्यानलाई पभिलियन पठाउँदै नेपाललाई खेलमा फर्काएका हुन् ।
ताजा अवस्थामा १४ ओभरको समाप्तिमा स्कटल्याण्डले तीन विकेटको क्षतिमा ८९ रन जोडेको छ । स्कटल्याण्डको लागि जर्ज मुनसेले विस्फोटक ब्याटिङ गर्दै ५० बलमा ९ चौका र दुई छक्काको सहयोगमा ६० रन जोडे । यस्तै कायल कोट्जेर २२ रन र रिचे बेरिन्घटन सुन्य रनमा सन्दीपको बलमा एलबीडब्लु आउट भए । हाल स्कटल्याण्डको लागि क्रिस्टोफेर म्याकब्रिड र ब्राण्डन म्याकमुलेन क्रिजमा छन् ।
नेपालको लागि सन्दीप लामिछानेले २ ओभरमा २१ रन दिएर ३ विकेट लिए ।