माओवादीमा राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो । बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको छ । उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय सहमति खोजी गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

उनले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने आफ्नो पार्टीको स्वार्थ रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *