अमेरिकामा बन्दुकजन्य हिंसाका कारण एकवर्षमा करिव ६ हजारको मृत्यु

आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ ।

बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ ।

सोमबार टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए राति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो ।

गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैनभने आक्रमणकारीका बारेमा पनि केही खुलाइएको छैन । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गत शुक्रबार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा छ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *