ताजकिस्तानमा हिमपहिरोमा परी १९ जनाको मृत्यु

मध्य एसियाको पहाडी मुलुक ताजकिस्तानमा गएको हिमपहिरोमा परी १९ जनाको मृत्यु भएको छ । यही फागुन ३ देखि ७ गतेसम्म २०० स्थानमा हिमपहिरो गएको जनाउँदै सरकारी अधिकारीहरूले पाँच दिनको अवधिमा मृतकको सङ्ख्या १९ पुगेको जनाएका हुन् ।

हिमपहिरोका कारण आपत्कालीन सेवासमेत बन्द भएका छन् । बेला बेलामा मध्य एसियाली मुलुक ताजिकिस्तान प्राकृतिक प्रकोपको चपेटामा परिरहन्छ ।

पूर्वसोभियत सङ्घबाट छुट्टिएका राज्यमध्ये ताजिकिस्तान सबैभन्दा गरिब राष्ट्र हो । त्यहाँ सात हजार मिटरभन्दा माथिका हिमशिखर छन् । पञ्चानब्बे लाख जनसङ्ख्या रहेको ताजकिस्तान अफगानिस्तान, चीन र किर्गिस्तानले घेरिएका छन् ।

तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति इमोमाली रहमोनसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा इरानका राष्ट्रपति इब्राहिम रायसीले हिमपहिरोका कारण भएको अमूल्य जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *