बार्सिलोनाको उत्कृष्ट लय जारी

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा आफ्नो उत्कृष्ट लयलाई जारी राखेको छ । आइतबार राति भएको खेलमा काडिजलाई २-० गोलले हराउँदै बार्सिलोनाले लिगमा लगातार सातौँ जीत निकालेको हो ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन सेर्जी रोबेर्टो र रोबर्ट लेवान्डोस्कीले समान एक-एक गोल गरे । ४३ औं मिनेटमा रोबेर्टोले गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाएका थिए । इन्जुरी समयमा रोबेर्टोको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-० गोलले विजयी भयो । जीतसँगै बार्सिलोना २२ खेलबाट ५९ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । समान खेलबाट २२ अंक जोडेको काडिज १७ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *