अष्ट्रेलियन कप्तान फिन्चद्वारा सन्यासको घोषणा

एजेन्सी । अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान एरोन फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा लिएका छन् । ३६ वर्षीय फिन्चले मंगलबार टी-२० आई क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

गत सेप्टेम्बरमा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका फिन्च टी-२० आईको कप्तान रहँदै आएका थिए । उनको कप्तानीमा रहेको अष्ट्रेलियाले घरेलु मैदानमा भएको टी-२० आई विश्वकपको उपाधि रक्षा गर्न असफल भएको थियो ।

आफ्नो करियरमा उनले समाग्रमा ८ हजार ५ सय भन्दा बढी रन बाएका छन् । उनले पाँच टेस्ट र १ सय ४६ एकदिवसीय खेल खेलेका छन् । सन् २०११ मा टी-२० आईमा डेब्यु गरेका उनले अष्ट्रेलियाबाट १ सय ३ खेल खेल्दै सन् २०२१ मा अष्ट्रेलियालाई विश्वकपको उपाधि जिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *