परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग भेटवार्ता गरेकी छन् ।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बो पुगेकी मन्त्री पौड्यालले शनिबार साँझ राष्ट्रपति विक्रमासिंघेसँग भेटवार्ता गरेकी हुन् । उनीहरूबीच दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

श्रीलंकका राष्ट्रपति विक्रमासिंघेसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायत विषयमा सहकार्य अघि बढाउन आग्रह गरिन् ।

त्यस्तै उनले भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग अलग अलग साइडलाइन भेटवार्ता गरिन् । परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *