एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनल पराजीत भएको छ । शनिबार बेलुकी भएको खेलमा एभर्टनसँग १-० गोलले पराजीत भएसँगै आर्सनलले लिगमा दोस्रो हार बेहोरेको हो ।
गोडिसन पार्कमा भएको खेलमा एभर्टनलाई जीत दिलाउन जेम्स टार्कोव्सकीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा टार्कोव्सकीले गरेको गोलनै एभर्टनलाई जीत दिलाउन पर्याप्त रह्यो ।
यससँगै नयाँ प्रशिक्षक सेन ड्येचेको नेतृत्वमा एभर्टनले पहिलो जीत निकालेको छ । यता उपाधिको दौडमा रहेको आर्सनललाई यस हारले घाटा परेको छ । जीतसँगै एभर्टन २१ खेलबाट १८ अंक जोड्दै लिगको १७ औं स्थानमा उक्लिएको छ । हारका बाबवुत आर्सनल २० खेलबाट ५० अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ ।