काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली शनिबार बिहान बालुवाटार पुगेका हुन् ।
भेटमा उनीहरुबीच गृहमन्त्री नियुक्त तथा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।
गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुबै नेतालाई दुई दिन पर्खन आग्रह गरेका थिए । त्यसै सन्दर्भमा प्रधानमन्त्री र ओलीबीच कुराकनी भएको बताइएको छ ।