झापा । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा शुक्रबार बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् ।
सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।
उनकाअनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो ।