आज श्री शाके १९४४ बि.स. २०७९ माघ २० गते शुक्रबार तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी ३ तारीख माघ शुक्ल पक्ष त्रयोदशी तिथि । पुनर्वशु नक्षत्र विष्कुम्भ योग तैतिल करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा पद्म योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु सौभाग्यसूर्पदान (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेको छ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिने छैन । नयाँ कार्यको थालनीका निम्ति उत्तम समय रहेको छ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिने छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान्यजनको स्वास्थ्यमा देखिने नकारात्मक असरले मनमा खिन्नता छाउने छ । कामकाे बारेमा उचित विश्लेषणको गर्न नसक्नाले पारिवारिक सम्बन्धमा वैमनश्यता उत्पन्न हुनेछ । अपरिचित व्यक्तिहरूको विश्वास गर्नाले षड्यन्त्रमा फसिँएला। सजग रहनुपर्ने समय रहेको छ । भोजभतेरमा सरिक हुने अवसर प्राप्त हुनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू कमजोर रहने छन् । साझेदारीकाे काममा हात नहाले कै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आइपर्ला । तपाईँको कार्यले अन्य व्यक्तिहरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले पूरै दिन निराशापूर्ण हुने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भामवना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानी हुने योग रहेको छ । कार्य सम्पादनमा विभिन्न समस्याका कारण ढिलाइ हुन सक्छ । सवारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गर्नुपर्ने सम्भावना रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन् । कठिनाइजनक यात्राको योग रहेको छ । आँटेका कार्यमा कडा परिश्रम गर्नुपर्ने छ । मित्रजनसँगको अधिक निकटताका कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईँको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनुपर्ला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिने छ । अर्काको खुशीका लागि अनावश्यक परिश्रम खर्चिनु पर्नेछ । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोट पटकको सामना गर्नुपर्न सक्छ । कार्य सम्पादनमा अरुको दवाबको अनुभव हुन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरुको विश्वास गर्नाले दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । अधिक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन् । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउने छ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा विचार पुर्याउनुहोला । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य असर भोग्नुपर्ला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौद्धिकता खर्च हुनेछ । वाक पटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन् । पठनपाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्धीहरु कमजोर रहने छन् । आम्दानीका क्षेत्र भने मध्यम रहेका छन् । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्रास आउने छ । सफल कार्य सम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परिश्रम खर्चिनु पर्नेछ । भौतिक स्राेतसाधनको प्रयोगमा समय ब्यतित रहला ।