मिस नेपाल-२०२३ को आवेदन खुल्ला, सातै प्रदेशमा अडिसन हुने

काठमाडौँ । ‘मिस नेपाल–२०२३’ को आवेदन खुल्ला भएको छ । आयोजक द हिडन ट्रेजरले बिहीबार काठमाडौमा एक कार्यक्रमका बीच नयाँ मिस नेपालको लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।

अगामी जेठ १३ ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुने प्रतियोगीतामा सहभागीताका लागि इच्छुकबाट चैत १ गतेसम्म आवेदन मागिएको छ । ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले मात्र आवेदन भर्न सक्ने प्रतियोगीतामा निःशुल्क आवेदनको व्यवस्था छ ।

प्रतियोगीतालाई फराकिलो बनाउन यस पटक आयोजकले ७ प्रदेशमै प्रारम्भिक अडिसन गर्न लागेको छ । जसमा इटहरी,  वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म र काठमाडौंमा मार्च १८ मा हुनेछ ।

प्रतियोगीतामा हरेक वर्ष झैँ ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ विजेता छानिनेछ । मिस नेपालको टाइटल स्पोन्सरमा यो पटक पनि डाबर बाटिका रहेको छ ।

कार्यक्रममा ‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंका रानी जोशी ‘मिस वर्ल्ड २०२३’मा सहभागीकाे क्रममा रहेको जानकारी समेत दिइयो । मे महिनामा आयोजना हुने प्रतियोगीताका लागि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तयारी समेत गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *