क्यानको कार्यसमिति बैठक आज, सन्दीपको निलम्बन फुकुवा र टी-२० लिग विवाद मुख्य एजेन्डा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा मुख्य एजेन्डा रहेका छन् ।

खेलाडीको पारिश्रमिक, श्रम स्वीकृतिबिना विदेशी खेलाडीको सहभागिता र मुख्य साझेदार कम्पनी नै स्पट फिक्सिङमा संग्लग्नलगायतका कारणबाट चर्को विवादमा तानिएको नेपाल टी–२० लिगको समीक्षा कार्यसमिति बैठकको मुख्य एजेण्डा हुनेछ ।

बोर्ड बैठकले नाबालिग बलात्कार अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्नेबारे पनि निर्णय गर्दैछ । बलात्कार अभियोगमा गत असोज २० मा पक्राउ परेपछि क्यानले उनलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशपछि गत पुस २९ गते उनी धरौटीमा रिहा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *