कोपाको सेमिफाइनलमा रियल म्याड्रिड र बार्सिलोना भिड्ने

एजेन्सी । कोपा डेल रेको सेमिफाइनल खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोना भिड्ने भएका छन् । सोमबार सार्वजानिक भएको सेमिफाइनलको ड्र अनुसार घरेलु लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले म्याड्रिडको सामना गर्ने भएको छ भने एथ्लेटिक बिल्बाओले ओसासुनासँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ ।

जनवरीको शुरुवात बार्सिलोनाले साउदी अरेबियाको रियादमा भएको फाइनलमा म्याड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको थियो । मुख्य प्रशिक्षक जाबी हर्नान्डेजको कार्यकालको यो बार्सिलोनाको पहिलो उपाधि थियो ।

कोपाको पहिलो लेग सान्टियागो बेर्नाबेउमा फेब्रअरी २७ मा हुनेछ भने दोस्रो लेग क्याम्प नोउमा अप्रिल ३ मा हुनेछ । यसअघि गत अक्टोबरमा ला लिगा अन्तर्गत भएको खेलमा म्याड्रिडले बार्सिलोनालाई ३-१ गोलले हराएको थियो ।

कोपाको फाइनल मे ६ मा इस्टाडियो डेला कार्टुजामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *