राष्ट्रिय योजना आयोगको सदस्यमा महत, शाक्य र ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन  जनालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई आयोगको सदस्यमा नियुक्त गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीइओ हुन् भने महत कर्णाली प्रदेशको विज्ञको रूपमा काम गरेका थिए । शाक्य यसअघि राजदूत थिइन् ।  यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *