एमाले अध्यक्ष ओली र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ ।

सोमबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सहयोग, आपसी हितका कार्यक्रमका विषयमा छलफल भएको बताइएको छ । त्यसअघि नुल्यान्डले प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी थिइन् ।

दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएकी नुल्यान्डले कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेट गर्ने कार्यक्रम छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *