ओडिसाका स्वास्थ्यमन्त्रीको प्रहरीद्वारा हत्या

भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दास एक प्रहरीले गोली हानी हत्या गरेका छन् । प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टर गोपाल दासले गोली हानी हत्या गरेका हुन् ।

सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा दासले छातीमा गोली हानेका थिए ।

उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । गोली हान्ने प्रहरीलाई पक्राउ गरिएको छ । घटनाकाबारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *