जरदारीमाथि आधारहीन आरोप लगाइएको सरिफको जिकिर

पाकिस्तानी प्रधानमन्त्री शहवाज सरिफले पूर्व राष्ट्रपति असिफ अली जरदारीविरुद्ध ‘आधारहीन’ आरोप लगाइएको दावी गरेका छन् ।

पूर्व राष्ट्रपति जरदारीविरुद्ध पूर्वप्रधानमन्त्री इमरान खानले ‘आधारहीन’ आरोप लगाएर उनको अपमान गरेको प्रधानमन्त्री सरिफले बताएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गत शुक्रबार आसिफ अली जरदारीलाई आतङ्कवादी सङ्गठनलाई ठेक्का दिएर आफ्नो हत्या गर्ने योजनामा संलग्न रहेको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै खानले कथित षडयन्त्रलाई ‘प्लान सी’ को संज्ञा दिएको जरदारीले हत्याको असफल प्रयासका लागि आतङ्कवादी संगठनलाई पैसा दिएको आरोप लगाएका थिए ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष जरदारीलाई मुख्य षडयन्त्रकारीको आरोप लगाउँदै खानले आफ्नो हत्याका लागि नयाँ योजना बनाइएको दाबी गरेपछि सरिफको प्रतिक्रिया आएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *