दक्षिणकाली माताले सबैको कल्याण गरुन् ! हेर्नुहोस् माघ १४ गते शनिबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ १४ गते शनिबार तद्अनुसार इश्वी सन् २०२३ जनवरी २८ तारिख माघ शुक्लपक्ष सप्तमी तिथि अश्विनी नक्षत्र साध्य योग भद्रा करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा सौम्य योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु अचलासप्तमी रथसप्तमी मन्वादि लगलाचुयके (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सवारी साधनको प्रयोमा विशेष साबधानी अपनाउनु पर्ने समय रहेको छ । वाणिका कारण सामान्य वादविवादको योग रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनुपर्ने सम्भावना रहेको छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउनेछ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नजिकका मित्र तथा दाजु भाइहरूसँगको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जीवन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहने छ । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनु पर्ने योग रहेको छ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । अपरिचित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भोज भतेरजन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्ययन अध्यापनको क्षेत्रमा प्रभाव पार्ने समय रहेको छ । शत्रु परास्त्र हुने छन् र शुभ चिन्तकको बृद्धि हुनेछ । यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारिवारिक साथ सहयोगबाट भने अधुरा कार्य सम्पादनमा सहयोग मिल्नेछ । सभा सम्मेलनजन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भावना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारिक झोर झमेलाको सम्भावना रहेको छ ।  अविस्मरणीय यात्राको सम्भावना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्नेछ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विषेश फाइदा रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य चोट पटकको सम्भावना रहे तापनि मित्रजनहरुको साथ सहयोगद्वारा व्यक्तित्व विकासमा सहयोग मिल्ने छ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानीका क्षेत्रमा बृद्धि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ, सजग रहनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । साथै, जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । मान्यजनको साथ सहयोगको कमि महसुस गरिनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनमा उत्पन्न कार्यक्षेत्रको डरले कार्य सम्पादनमा ढिलाइको सामना गर्नु पर्नेछ । यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । अपरिचित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । खराब संगतका कारण सामान्य अपजस सहनुपर्ला । मनोरञ्जनात्मकमूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगकाे भेटघाटमा मन प्रशन्न रहनेछ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । बौद्धिक व्यक्तित्वसँगको भेटघाटको अवसर जुट्नेछ । सामान्य सघर्षपश्चात मनग्य आम्दानीका स्राेतहरू फेला पर्नेछ । व्यापार व्यवसायका क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना गर्नुपर्ने हुनसक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुनसक्छ । पारिवारिक मेल मिलाप बढे तापनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउनेछ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भए तापनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । पराक्रममा बृद्धि हुनेछ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ लगानीका क्षेत्रमा समय राम्रो छैन सजग रहनुहोला । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्तिकाे योग रहेको छ । अपरिचित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । मनोरञ्जनात्मकमूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *