काठमाडौं । नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले पोखरा एभेन्जर्सलाई मध्यमा विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पोखरालाई जीतको लागि १ सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको लुम्बिनी १९ .५ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो । लुम्बिनीको लागि हर्मित सिंहले सर्वाधिक ३८ रन बनाए । उनले २१ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । यस्तै सुनिल धमलाले १५, शाद्ले भान स्चाल्क्वेकले १६ र योगेन्द्र सिंहले १३ रन बनाउँदा ह्यारी टेक्टर र कप्तान दीपेन्द्र सिंह एरीले समान १०-१० रन बनाए ।
पोखराको लागि जाहिर खानले ४ ओभरमा १८ रन दिएर तीन विकेट लिए । यस्तै विपिन खत्रीलेपनि ४ ओभरमा २३ रन दिएर ३ विकेट लिँदा आरिफ शेख, तुल थापा र सिद्धान्त लोहनीले समान एक-एक विकेट लिए ।
