चलचित्र ‘द आउट ल’ घोषणा, फर्स्ट लुक पोस्टर र टिजर सार्वजनिक

काठमाडौं । रेट्रो ग्रुपको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ ।

निर्माण टिमले अंग्रेजी नयाँ वर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम टिजर र फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

अभिनेता सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठीलगायत कलाकारको मुख्य भूमिका रहने ‘द आउट ल’ पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुने बताइएको छ ।

विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ । कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्नेछ ।

सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । त्यस्तै पपुलर मोडल शिक्षालाई अहिलेसम्म कुनै पनि चलचित्रमा दर्शकले देख्न पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *