नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा पुनः तिवारी

काठमाडौँ । नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा पुनः निराजन तिवारी निर्वाचित भएका छन् । ठमेलको होटल आर्टमा सम्पन्न संघको चौथाैँ साधारण सभाले संस्थापक अध्यक्षसमेत रहेका तिवारीलाई सर्वसम्मतरुपमा पुनः सोही पदमा निर्वाचित गरेको हो ।

साधारण सभाले उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती र कोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिनालाई चयन गरेको छ । त्यसैगरी राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदीप श्रेष्ठ संघकाे कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।

त्यसअघि साधारण सभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन उद्याेगमा निजी क्षेत्रले पर्याप्तरुपमा लगानी गरिसकेको उल्लेख गर्दै त्यसको सञ्चालन र संरक्षणमा सरकार अगाडि बढ्नुपर्ने कुराका जोड दिए । मन्त्री फरिएसँगै पर्यटनसँग सम्बन्धित योजनाहरु परिवर्तन हुनेतर्फ सकेत गर्दै अध्यक्ष श्रेष्ठले कर्मचारीलाई कम्तिमा सात दिन विदा दिने गरी ‘पेएबल टुरिजम’मा जोड दिन सुझाए ।

कार्यक्रममा संस्कृति तथा पुरातत्व विज्ञ प्राध्यापक सोमप्रसाद खतिवडाले नेपालमा पर्यटन ल्याउने दरिलाे आधार नभएको र ऐतिहासिक सम्पदाहरु पनि नासिंदै गएको भन्दै यहाँको संस्कृति र सम्पदाहरुको उजागर गर्न नसकिएको चिन्ता व्यक्त गरे । उनले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरुको समन्वय नहुँदा नेपालको पर्यटन प्रवर्द्धन राम्राेसँग हुन नसकेको स्पष्ट पारे । संघले खतिवडालाई मानार्थ सल्लाहकारमा नियुक्त गरेको छ ।

सो अवसरमा नेपालका लागि ग्रीसका अवैतानिक राजदूत विक्रमकाजी पाडेँ, नेपाल ट्राभल एण्ड टुर एशोसियसनका अध्यक्ष रमेश थापा, नेपाल माउन्टेनरिङ्ग एशोसियनका वरिष्ठ उपाध्यक्ष ठाकुराराज पाण्डेलगायतले पर्यटन क्षेत्रको उत्थानमा राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको भन्दै नेपालले चीन र भारतका पर्यटकलाई लक्षित गर्नुपर्नेमा जोड दिए ।

One thought on “नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा पुनः तिवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *