काठमाडौं । नेपाली चलचित्र ‘चि मुसी ची’को नयाँ गीत ‘कथा’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।
आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ । एमी स्टुडियो प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ ।
यो चलचित्रलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । चलचित्रमा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ ।
सुशन प्रजापति छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् । चलचित्र आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन हो ।
