काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् ।
हिजो शुक्रबार भएको ग्राण्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो ।
विजेताले नगद २५ लाख रुपैयाँसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् । करणले टीम राजु लामाबाट प्रतिस्पर्धा गरेका थिए ।

टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप, टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप र टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बनेका छन् ।

