नेपाल टी-२० लिगको विजेताले ५५ लाख पाउने

काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगको विजेताले ५५ लाख रुपैयाँ पाउने भएको छ । कमर्सियल पार्टनर सेभेन थ्री स्पोर्ट्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार रकम सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार विजेताले ५५ लाख रुपैयाँ पाउनेछ भने उप-विजेताले ३० लाख रुपैयाँ पाउनेछ । यस्तै तेस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ भने चौथो हुने टोलीले पाँच लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ भने इमर्जिङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस्तै हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने भएका छन् ।

प्रतियोगिता भोलि शनिबारबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुरु हुनेछ । प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *