संवैधानिक हिसाबले ठिक भए पनि संसद्अघि सरकार गठनको परम्परा गलत’

काठमाडौं । संसद्अघि सरकार गठनको परम्परा गलत भएको कानुन व्यवसायीहरूले बताएका छन् ।

निर्वाचनपछिको नयाँ सरकार गठनका लागि संसद् आह्वान नै नगरी सरकार गठनको समय तोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले गलत अभ्यासलाई स्थापित गरेको उनीहरूले टिप्पणी गरेका छन् ।

२०७४ को निर्वाचनमा केपी ओलीबाट शुरू भएको उक्त अभ्यास योपटक पनि राष्ट्रपतिबाट दोहोरिएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ७ दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

चुनावपछि गठन हुने नयाँ सरकार निर्माणअघि पहिला संसद् बैठक आह्वान गर्ने र त्यसपछि सरकार गठनको प्रक्रिया बढाउने अभ्यास स्थापित गर्नुपर्नेमा त्यसो हुन नसकेको संविधानविद्हरू बताउँछन् ।

संवैधानिक हिसाबले उक्त प्रक्रिया गलत नभए पनि लोकतान्त्रिक प्रक्रियाअनुसार सुहाउँदो नभएको तर्क उनीहरूले गरेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *