मातृभाषामा शपथ लिन चाहने सांसदले तीन दिनअगावै सूचना दिनुपर्ने

काठमाडौं । संसदन सचिवालयले प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाई पुस ७ गते बिहीबार संसद भवनमा सपथ ग्रहण गराउँदैछ ।

सभामुख नचुनिएको अवस्थामा सदस्यहरूमध्येबाट ज्येष्ठ सदस्यले शपथ गराउने प्रचलन भए पनि संसद सचिवालयले ज्येष्ठ सदस्यको टुंगो लगाइसकेको छैन ।

यद्यपि, सभिवालयले कानुनअनुसार मातृ भाषामा शपथग्रहण गर्न चाहने सांसदले तीन दिनअघि नै संसद् सचिवालयमा जानकारी गराउन उर्दी जारी गरेको छ ।

मातृभाषामा शपथ लिने सांसदहरूले तीन दिन अगावै सूचना दिनुपर्ने अभ्यास रहेकाले कुन सांसदले कुन मातृभाषामा शपथ लिने त्यसबारे तीन दिनअघि नै जानकारी गराउन सचिवालयले आग्रह गरेका हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार यही पुस १० गतेभित्र नयाँ सरकार बन्नुपर्ने हुन्छ । त्यसअगावै संसद् सचिवालयले सांसदको शपथग्रहण कार्यक्रम राखेको हो ।

सपथपछि सांसदहरूले सांसद भएबापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *