अन्तराष्ट्रिय फूटबलबाट बेन्जिमाको सन्यास

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले अन्तराष्ट्रिय फूटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जिमाले सोमबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय फूटबलबाट सन्यास लिएको जनाएका हुन् ।

चोटको कारण कतारमा सम्पन्न फिफा विश्वकप गुमाएका बेन्जिमाले सोमबार ३५ औं जन्मदिनको दिनमै सन्यासको घोषणा गरेका हुन् । गत अक्टोबरमा बेलन डी’ओरको अवार्ड जितेका बेन्जिमाले फ्रान्सबाट ९७ खेल खेल्दै ३७ गोल गरेका थिए । उनले सन् २००७ मा अष्ट्रियासँग खेल्दै अन्तराष्ट्रिय फूटबलमा डेब्यु गरेका थिए ।

आइतबार राति भएको फाइनल खेलमा विंगर किलियन एम्बाप्पेले शानदार प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेपनि फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजीत भएको थियो । त्यससँगै ६० वर्षमा पहिलोपटक उपाधि रक्षा गर्ने सोचमा रहेको फ्रान्सलाई धक्का लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *