आज ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम हुँदै

काठमाडौं । नेकपा (एमाले) ले आज ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ नामको विशेष कार्यक्रम आयोजना गर्देछ ।

दिउँसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिने कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको विशेष उपस्थिति रहने छ ।

विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाईका साथै विशेष सम्बोधन गर्ने तयारी छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा एमाले पहिलो पार्टी बनेको छ । एमालेले प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित गराउन सफल भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू, पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, हरेक जनसंगठनबाट तीन जना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *