नेपाल प्रहरीका २३ एसपीको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका २३ जना उपरीक्षकहरू(एसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागले आवश्यकताका आधारमा उनीहरुको काज सरुवा गरेको हो ।

काज सरुवाअनुसार जिल्ला प्रहरी कार्यालय झापा, पर्सा, सर्लाही, धनुषा, सिन्धुली, बाँके, सुर्खेत र कैलालीका प्रहरी प्रमुख फेरिएका छन् ।

झापामा दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा र देवेन्द्रबहादुर पालको कैलालीमा सरुवा भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *