नेप्सेमा सामान्य सुधार

काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से ३ दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ ।

सोमबार बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ ।

आज दुई सय ५१ वटा कम्पनीको २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छन् ।

आइतबार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको शेयर छ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ । आज धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *