नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।

सोमबार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै बैठकले संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वालालाई चयन गरेको छ ।

महासचिव डा. बेदुराम भुसालले पार्टी अहिले सरकारमा जाने पक्षमा रहेको बताए । उनले गठबन्धनको सरकारमा जाने निर्णय पार्टीले गरेपनि कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल नभएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *