जनमत पार्टीको संसदीय दलको नेतामा सीके राउत चयन

काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सीके राउत चयन भएका छन् । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए ।

राउत सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *