रोजागारीका लागि विदेशीने श्रीलंकालीहरुको संख्या बढ्दै

सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरूले रोजगारीका विदेशिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्री, मानुषा नानायकाराले श्रीलङ्काको स्वतन्त्रतापछिको इतिहासमा एक वर्ष भित्रमा वैदेशिक रोजगारीमा जानेको यो सङ्ख्या सर्वाधिक भएको बताए ।

वैदेशिक रोजगारीमा जानेहरूले पठाएको विप्रेषणले श्रीलङ्कालाई वर्तमान आर्थिक सङ्कटबाट पार लगाउन मद्दत पुग्ने मन्त्री मानुऋको धारणा छ । नोभेम्बर २०२२ मा श्रीलङ्काका विदेशी कामदारहरूले विदेशमा पठाएको रेमिट्यान्स बढेर ३८४ दशमलव ४ मिलियन अमेरिकी डलर पुगेको बताइएको ।

पछिल्ला केही महिनामा यो संख्या निरन्तर बढ्दै गएको र वर्षको पहिलो ११ महिनामा कुल रेमिट्यान्स ३ अर्ब ३० करोड डलरभन्दा बढी रहेको मन्त्रीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *