राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ । सोमबार बसेको पार्टीको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको हो।

लामिछानेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता छान्न उम्मेदवारी दर्ता गर्न आह्वान गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ मा निर्वाचित प्रतिनिधि सभा सदस्यबाट संसदीय दल गठन गर्ने प्रावधान राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *