पावर सेयरिङमा कांग्रेस मोडल : २०७४ मा एमालेकै जस्तो

काठमाडौं । नयाँ सरकार गठनको समय नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पावर सेयरिङमा नयाँ मोडल अघि सारेको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा २०७४ सालमा एमाले र माओवादी गठबन्धनका समयमा एमालेले अपनाएको मोडललाई नै अपनाउने पक्षमा देखिएका छन् ।

देउवाले अहिले पनि सरकार गठनका बेला पहिलो कार्यकाल आफंै प्रधानमन्त्री बन्ने र राष्ट्रपति पनि कांग्रेसकै कोटाबाट हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । आधाआधा कार्यकाल प्रधानमन्त्री हुने अवस्था आएमा पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुने र दोस्रो कार्यकालमा माओवादी अध्यक्ष प्रचण्डलाई इमानदारीतापूर्वक सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता देउवाले प्रचण्डसमक्ष राखेको बताइएको छ ।

पछिल्ला दिनमा देउवा र प्रचण्डबीच नियमितजसो नै फोनमा तथा प्रत्यक्ष भेटघाट गरेरै सत्ता समीकरण र पावर सेयरिङमा छलफल हँुदै आइरहेको छ । शनिबार पनि सोही विषयमा देउवा र प्रचण्डबीच छलफल भएको थियो । शनिबारको छलफलमा प्रचण्डले पहिलो चरणमा आपूmलाई प्रधानमन्त्री बनाउनुपर्ने पुरानै प्रस्ताव दोहो–याएका छन् तर देउवाले भने सो विषयमा सहमति जनाएनन् ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले घुमाउरो पारामा प्रचण्डलाई दोस्रो कार्यकालमा प्रधानमन्त्री हुन आग्रह गरेको बुझिएको छ । तर, प्रचण्डले भने पहिलो कार्यकालमा नै आफैंलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै देउवालाई सहयोग गर्न आग्रह गरेका थिए । यो विषयमा दुई नेताबीच सहमति जुट्न सकेको छैन, आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *