कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार

धनगढी । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्वरोडमा दुई राउण्ड गोली चलेको प्रहरी जनाएको छ । अत्तरियाको पुर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै गोली प्रहारबाट सुन व्यवसायी विकास सुनार घाइते भएका छन् ।

घोडाघोडी सुनचाँदी पसलका सञ्कचालक सुनारको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार हुन नसकेपछि माया मेट्रो अस्पताल धनगढी रेफर गरिएको छ ।

गोली कसले चलाएको हो भन्नेबारे खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *